FAQs Complain Problems

१ नं वडा कार्यालय

वडा अध्यक्ष :

रमेश राई 

९८४२२२०६६१

वडा सदस्य :

१.राधिका गुरुङ दुलाल
९८४८६९०३८० 

२.बाबुराम राई
  ९८४२२१५५५६ 

३.सिता राई 
  ९८४०११६९८३

४.देवल राई
    ९८००९९८४५५

वडा सचिव:

खिर प्रसाद राई 

९८५२०८०१०१

सहिदभूमि गाउँपालिका वडा नं १ साविक छिन्ताङ गाविसको वडा नं ८ र ९ मिलेर बनेको हो |माछाको आकारमा रहेको यस वडालाई अरुण र तमोर नदीले छोएको छ भने यस वडाको छेत्रफल १७.२५ वर्ग कि.मी. रहेको छ | राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाको जनसंख्या २९९९ रहेको छ | जसमा पुरुषको संख्या १४४६ र महिलाको संख्या १५५३ रहेको छ | ५६४ घरधुरी रहेको यस वडामा २ वटा मा.वि., १ वटा आवि र ५ वटा प्रावि रहेका छन |यस वडाका मुख्य टोलहरु त्रिवेणी, सिम्ले, पोखरे, मझियाटोल, देउराली, रविदह, हाँङगुवा, लेकसिराङ, पाङनाम, घंघरु, भोक्राङ, बाहुनी खोला, सफाई, धाप, सिमले, रायोटार, बगरे, गोपालपुर, कर्कले, तित्रे, चिच्चे, सुन्तलाबारी, गुर्धुम, रातमाटे आदि हुन् | यहाँ राई, क्षेत्री, माझी, बिश्वकर्मा, लिम्बु, मगर, दमाई, सार्की, भुजेल, श्रेष्ठ लगायतका जातिको बसोबास रहेको छ | सहिदभूमिको सबै भन्दा होचो स्थान त्रिवेणी दोभानको खुवालुङ क्षेत्र(१४८ मिटर) यसै वडामा रहेको छ | यस वडाको अस्थायी केन्द्र सुन्तलाबारी(सेतीचोक) टोलमा रहेको छ | यस वडामा धाप स्वास्थ्य चौकी र त्रिवेणी सामुदायिक स्वास्थ्य इकाई रहेका छन | सुरक्षा निकायको रुपमा त्रिवेणी प्रहरी चौकी पनि रहेको छ | बर्षातको समय बाहेक सुनसरीको चतरादेखि यस वडाको त्रिवेणी र सिम्लेसम्म जेटबोटबाट आवतजावत गर्न सकिन्छ भने धरानदेखि मुलघाट हुँदै त्रिवेणी सम्म र भोजपुर हतुवागढ़ीको मचुवाटार जाने पुलसम्म चारपांग्रे मोटर गाडी गुड्ने सडक रहेको छ | यो क्षेत्र बाख्रा पालनका लागि उपयुक्त रहेको छ | अन्नबालीहरुमा मकै, कोदो, धान फल्छ भने दलहनमा मास, बोडी, गहत, सिमि फल्नुका साथै फलफुलमा आँप, लिच्चि, भुइँकटहर, रुखकटहर, केरा, नरिवल पाइन्छ | साथै तेलहनमा तोरी र फिलिङगेको खेती गरिन्छ भने कन्दमूलमा विभिन्न प्रजातिका तरुल र सिमल तरुल पाइन्छ | यस वडाका मुख्य टारहरुमा सफाईटार, गोपालपुर, कर्कले, घंघरी, पोखरे र त्रिवेणी रहेका छन | यस वडाका मुख्य धार्मिक स्थलहरुमा किरातहरुको पवित्र भूमि त्रिवेणी दोभानको खुवालुङ क्षेत्र, त्रिवेणीको गणेश पान्चायन मन्दिर, पोखरेको कबिर सत्संग, सफाइटारको शिव पान्चायन मन्दिर र संसारीथान, गोपालपुरको सरस्वती मन्दिर, गुर्धुमको सुन्दर सत्संग लगायत रहेका छन | यस वडाका पर्यटकीय स्थलहरुमा गुर्धुमको झ्यालढुँगा गुफा, हाँगुवाको पुङठुङ झरना, त्रिवेणी दोभानको खुवालुङ क्षेत्र हुन् | यस वडामा बसोबास गर्ने मानिसहरुको मुख्य चाडपर्वहरुमा दशैं, तिहार, पापानी(वाढाङ्मी), साकेला उधौली उभौली, शिवरात्री आदि हुन् |

Ward Contact Number: 
-